
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राई काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा पुगेका छन् । सरकारले थापाथलीका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेका बेला सांसद राई सुकुमवासी बस्ती पुगेका हुन् ।
सरकारले बिना विकल्प आफूहरूलाई हटाउन खोजेको भन्दै प्रदर्शन गरिरहेका छन् । सो क्रममा उनले आफ्नो पार्टी श्रम संस्कृति सुकुम्वासीको पक्षमा रहेको बताए ।
उनले भने, ‘सुकुमवासीको पक्षमा हामी हुनेछौं । हाम्रो पार्टी हुनेछ । अरू पार्टीको जिम्मा लिन सकिन्नँ । म सधैं सुकुमवासीको हकका लागि बोलिरहन्छु ।’ आजै बिहान श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी गरेर सरकारले सुकुम्वासीप्रति निरंकुश चरित्र देखाएको भन्दै आपत्ति जनाएका थिए ।











