काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् ।

संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
त्यस्तै, एमाले संसदीय दलको सचेतकको जिम्मेवारी निता घतानीलाई चयन गरेको हो । थापाले घतानीलाई सचेतक मनोनयन गरेका हुन् ।











