Logo
Logo

सुकुम्वासीलाई चाँडै जग्गा वितरण गर्छौँ : प्रधानमन्त्री बालेन 


756
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्वासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने बताएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले एक स्टाटस लेख्दै वास्तविक कुसुमवासीलाई चाँडो जग्गा वितरण गर्ने पनि बताएका छन् ।

The current image has no alternative text. The file name is: balen-5.jpg

‘देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ,’ बालेनले लेखेका छन् । ‘वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ । ढुक्क हुनुहोस् ।’

साथै, उनले वर्षाको बेलामा हुनसक्ने दुर्घटना आउनुअघि नै सचेत हुनका लागि यो काम भएको बताएका छन् । ‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने ?,’ बालेनले प्रश्न गरेका छन् ।

साथै, उनले सुकुम्वासीहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बताए । ‘उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौंदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नू ?,’ बालेनले प्रश्न गरेका छन्, ‘नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो रु पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो ।’

प्रतिक्रिया दिनुहोस्