Logo
Logo

सुकुम्वासी तथा भूमिहीनको उचित व्यवस्थापन गर्न लागिएको हो : नेपाल प्रहरी


441
Shares

काठमाडौं । नेपाल प्रहरीले सुकुम्वासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियामा वास्तविक लाभग्राहीलाई न्याय दिलाउन सबैलाई सजग हुन आग्रह गरेको छ।

The current image has no alternative text. The file name is: nepal-police-police.jpg

प्रहरीले नेपाल सरकारले सञ्चालन गरेको सुकुम्वासी तथा भूमिहीन व्यवस्थापन प्रक्रिया उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने महत्त्वपूर्ण पहल भएको जनाएको छ।

प्रहरीले भनेको छ- ‘नेपाल सरकारले सुरु गरेको सुकुम्वासी र भूमिहीन व्यवस्थापन प्रक्रिया तपाईँहरूकै उज्ज्वल भविष्य सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको महत्त्वपूर्ण पहल हो । यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ ।’

यस प्रक्रियाको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी तथा भूमिहीनको पहिचान गरी उनीहरूलाई न्यायोचित आवास र अधिकार उपलब्ध गराउनु रहेको प्रहरीले स्पष्ट पारेको छ । तर केही स्वार्थी तथा पहुँचवाला व्यक्तिहरूले वास्तविक सुकुम्वासीको नाम र अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिन खोजिरहेको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ ।

यस्ता गतिविधिका कारण वास्तविक सुकुम्वासी तथा भूमिहीनहरू अवसरबाट वञ्चित हुनुका साथै राज्यबाट प्राप्त हुने सेवा-सुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको जनाएको छ ।

प्रहरीले नक्कली सुकुम्वासी तथा भूमिहीनको पहिचान गर्न र आफ्नो हक मिच्ने व्यक्तिविरुद्ध सचेत रहन आग्रह गरेको छ ।

वास्तविक सुकुम्वासी तथा भूमिहीनहरू एकजुट भएर राज्यले अघि बढाएको व्यवस्थापन कार्यमा सहयोग गर्न, सुरक्षा निकायलाई समयमै सही सूचना दिन तथा सहकार्य गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

प्रहरीका अनुसार नागरिकको सानो सहयोगले वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवाससहितको भविष्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्