काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले छिमेकी देश भारतको भ्रमण गर्ने भएका छन् ।

गएको चैत १३ मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शाहले विदेशको पहिलो भ्रमण भारतबाट शुरु गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी थालिएको जानकारी दिए ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि भारत सरकारबाट निमन्त्रणा प्राप्त भएको र भ्रमणको प्रारम्भिक तयारी भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।











