Logo
Logo

निजामतीमा नेकपालाई डर ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ मंसिर । मंसिर २७ गते गर्न लागिएको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको निर्वाचनमा यतिबेला कर्मचारीहरु केन्द्रीत भएका छन् । यस पटकको निर्वाचनमा नेकपा र कांग्रेस निकट ट्रेड यूनियनबीच कडा टक्कर पर्ने देखिएको छ ।

रमाइलो के छ भने निर्वाचनमा नेकपा निकट दुई वटा संगठन प्रतिस्पर्धा गर्दैछन् । तत्कालिन एमाले निकट नेपाल निजामती कर्मचारी संगठन र तत्कालिन माओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठन अलग अलग रुपमै निर्वाचन लड्दैछन् । दुई संगठनबीच एकता हुन सकेको छैन ।

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी यूनियन(संघ) यसपटकको निर्वाचनमा बलियो देखिएको छ ।

अघिल्लो चुनावमा एमाले निकट संकटले दुई तिहाई पदमा कब्जा गरेपनि धेरै ठाउँमा झिनो मतले उ निर्वाचित भएको थियो । त्यतिबेला निर्वाचित भएर संगठनबाट आधिकारीक ट्रेड यूनियनमा गएकाहरुले कुनै राम्रो काम गर्न नसकेकाले कर्मचारीहरुले यसपटक संघलाई भोट हाल्ने सम्भावना छ ।

अर्काेतर्फ निर्वाचतमा भाग लिन नपाएको मधेसी कर्मचारी संगठन पनि यतिबेला कांग्रेस निकट संघलाई भोट हाल्ने सम्भावना छ । अघिल्लो चुनावमा संगठनले ४२ सय मतले जितेको थियो । त्यो चुनावमा मधेसी कर्मचारी संगठनले ३६ सय मत ल्याएको थियो ।

कर्मचारी समायोजनमा राम्रो भूमिका खेल्न नसकेकोले संगठनप्रति यतिबेला कर्मचारीहरु रुष्ट छन् । आधिकारीक ट्रेड यूनियन भएका पुन्य ढकाल तथा हाल कार्यवहाक अध्यक्ष रहेका भोला पोखरेलले आफ्नो स्वार्थ पुरा गर्ने बाहेक कर्मचारीको हितमा केही गर्न नसकेको आरोप छ ।

अर्काेतर्फ अघिल्लो चुनावमा विजयी भएको संगठनमा यतिबेला चर्काे गुटबन्दी छ । कर्मचारीमा बलियो प्रभाव भएका संगठनका पूर्व अध्यक्ष मोहन घिमिरे नै यतिबेला निष्क्रिय जस्तो देखिएका छन् । जसकारण यो चुनावले संगठनलाई मात्र होइन नेकपालाई नै धक्का दिन सक्ने देखिन्छ । किनकी सरकारप्रति कर्मचारीको धारणा कस्तो छ भन्ने सन्देशसमेत चुनावले दिने छ ।

प्रतिक्रिया दिनुहोस्