
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले शपथ लिएका छन् ।
महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचनबाट विजयी भएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
साथै सो अवरसमा उनीहरुलाई आधिकारिक प्रमाणपत्र वितरण गरिएको थियो । बुधबार सम्पन्न ६०औं साधारणसभाबाट अन्जन श्रेष्ठको नेतृत्वमा महासंघमा नयाँ कार्यसमिति चयन भएको छ ।












