Logo
Logo

रास्वपा सांसद खरेलले भने- ममाथि मिडिया ट्रायल भयो, कानुनी उपचार खाेज्छु


504
Shares

काठमाडौं । पूर्वमन्त्री एवम् रास्वपाका सांसद जगदीश खरेलले आफूविरुद्ध मिडिया ट्रायल भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइरहेको बताएका हुन् ।

स्मार्ट टेलिकमको ठगी प्रकरणमा आफ्नो नाम जोडिएपछि प्रतिक्रिया दिँदै सांसद खरेलले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रम फैलाउने काम भएको दाबी गरेका हुन् । उनले आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको उल्लेख गर्दै कुनै गल्ती नगरेको बताएका छन् ।

‘अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ,’ उनले भनेका छन्, ‘कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ ।’

खरेलले भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारबाट आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्ने प्रयास भइरहेको समेत बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै उनले आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनी पनि दिएका छन् ।

उनले लेखेका छन्, ‘मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानुनी उपचार खोज्ने छु…’

प्रतिक्रिया दिनुहोस्