Logo
Logo

च्यासलको कार्यालय खाली गर्नुपर्ने संकेतपछि नयाँ ठाउँ खोज्दै एमाले


630
Shares

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले भोगाधिकारमा रहेका तर लिजमा रूपान्तरण नभएका सरकारी जग्गा खाली गर्न सूचना जारी गरेपछि नेकपा एमालेले च्यासलस्थित केन्द्रीय कार्यालय छाड्नुपर्ने अवस्था देखिएको छ।

The current image has no alternative text. The file name is: uml-head-office.jpg

त्यसपछि पार्टीले नयाँ कार्यालय खोज्न थालेको जनाएको छ।

तुलसीलाल प्रतिष्ठानको भवनमा एमाले २०७८ सालदेखि बस्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले भने जग्गा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रयोग गरिएको दाबी गरेका छन् ।

यसअघि बल्खुस्थित कार्यालय भूकम्पले क्षतिग्रस्त भएपछि एमाले धुम्बाराही, थापाथली हुँदै च्यासल पुगेको थियो । हाल कीर्तिपुरमा नयाँ पार्टी कार्यालय निर्माणको योजना अघि बढाइएको छ, जसलाई लिएर पार्टीभित्र विवादसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्