काठमाडौं । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा पुन: सञ्चालनमा आएको छ ।

सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पाङ्ग्रामा आगलागी भएको थियो । जहाजलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा आएको हो ।
यसअघि दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ ।
विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ रहेका थिए । सबै यात्रुहरूलाई सकुशल बाहिर निकालिएको थियो । अहिले विमानको प्राविधिक जाँच भइरहेको छ ।












