Logo
Logo

प्रधानमन्त्री बालेनले संसदमा देखाएको व्यवहारप्रति एमालेको आपत्ति


0
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसदमा देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रमपछि बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै तीन आपत्ति जनाएका हुन् ।

सांसद बरालले राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बालेनले राष्ट्रिय पोसाक नलगाएकोबारे आपत्ति जनाए । ‘राष्ट्रिय पोसाकको परिपालन गर्नुपर्ने हो कि होइन । सभामुखमार्फत रुलिङको माग गर्दछु,’ सांसद बरालले भने ।

त्यस्तै सांसद बरालले प्रधानमन्त्री शाह नीति र कार्यक्रमको बिचमै बहिष्कार गरेर हिँडेकोमा पनि आपत्ति जनाए । उनले प्रधानमन्त्रीको नीति र कार्यक्रमको दृष्टिकोण के हो ? भन्दै प्रश्न पनि गरे । त्यस्तै उनले प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा फ्रन्ट लाइनमा बसेर संवाद र छलफल गरेकोबारे पनि आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्