Logo
Logo

एसईईको नतिजा सार्वजनिक हुँदै, नतिजा बेलुका ९ बजे हेर्न मिल्ने


0
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक हुने भएको छ । बोर्डले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा हेर्न ९ बजे मिल्ने बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यसवर्ष एसईईमा पाँच लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।

जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन् ।

प्रतिक्रिया दिनुहोस्