
काठमाडौं । मधेश प्रदेश सभाको सातौं अधिवेशन आह्वान गरिएको छ । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जेठ १ गते (शुक्रबार) बिहान ११ बजे अधिवेशन सुरु हुने जानकारी दिएको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखका सचिव नारायणप्रसाद दाहालले बताए ।












