Logo
Logo

बिपी राजमार्ग पूर्ण बन्द, अन्य कहाँ-कहाँ छ सडक अवरुद्ध ?


945
Shares

काठमाडौं । अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन् । आज बिहान ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी र पहिरोका कारण केही सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन् भने केही एकतर्फी मात्र सञ्चालनमा रहेका छन् ।

काभ्रेको खुर्काेट–नेपालथोक–कटुञ्जेबेँसी सडक पूर्ण रुपमा बन्द भएको छ । गत वैशाख २२ गतेदेखि नै सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो । सुरक्षाका कारण सो क्षेत्रमा सवारी साधन चलाउन अनुमति दिइएको छैन ।

कोशी प्रदेशका दुई मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै छ । भोजपुर नगरपालिका वडा नं. ५ बोखिममा वैशाख १२ गते आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो। हाल उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरी सडक एकतर्फी रूपमा सुचारु गरिएको छ ।

संखुवासभाको मकालु गाउँपालिका वडा नं‍. ३ नयाँ बस्तीमा वैशाख २३ गते खसेको पहिरोका कारण राजमार्ग प्रभावित भएको छ। अहिले सो स्थानमा पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्