काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिलाई रेकर्डबाट हटाउन सभामुख डोल प्रसाद अर्यालले रुलिङ गरेसँग विपक्षी दलहरूले विरोध गरेका छन् ।

थापाले दिएको अभिव्यक्तिप्रति रास्वपा सांसद मनिष खनालले आपत्ति जनाएका थिए । थापाले रास्वपाको सफलतालाई अराजक जमातको अस्थायी गठजोड, नेपाली सेनालाई समेत विवादमा तानेको बताएका थिए ।
विपक्षी दलहरूले आफू बसेको स्थानबाट उठेर विरोध गरेका हुन् । सभामुखले संसदीय नियमावलीको २१ को खण्ड ‘घ’ विपरीत रहेकाले थापाको अभिव्यक्तिलाई हटाउन रुलिङ गरेका हुन् ।
विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको समेत राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।














