Logo
Logo

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित


0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधका कारण बस्न नसकेपछि सभापति डिपी अर्यालले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेको बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन् । प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीहरूले नाराबाजी सुरु गरेका थिए ।

विपक्षी सांसदहरू उठेर विरोध जारी राखेपछि सभामुखले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्ने मौका दिएका थिए । उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै निरन्तर विरोध गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्