काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभई जवाफ माग्नका लागि बोलाइएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्याप हान्न बोलाएको होइन नि । उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुँदा रास्वपाकै सांसदहरूले संसद् बैठकमा अवरोध गरेको पनि उनले सम्झाए ।














