Logo
Logo

संगीतमार्फत दोलखा चिनाउने प्रयास, ‘तामाकोशी सललल’ बजारमा


315
Shares

काठमाडौं । दोलखाको प्रकृति, संस्कृति र पर्यटनलाई संगीतमार्फत देश–विदेशमा चिनाउने उद्देश्यले तयार पारिएको गीत ‘तामाकोशी सललल’ राजधानीमा सार्वजनिक गरिएको छ । वरिष्ठ लोकगायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित विशेष समारोहमा गीतको भिडियो विमोचन गरियो ।

पत्रकार तथा पर्यटन प्रवर्द्धक बीबी फुँयालको शब्द रहेको यस गीतमा कल्याण सिंह र सुनिता थेगिमको स्वर छ । भिडियोमा शोल गुरुङ र बद्रीप्रसाद तिवारीले मुख्य अभिनय गरेका छन् । बीबी डिजिटलले निर्माण गरेको यो गीत युट्युबमार्फत बजारमा ल्याइएको हो ।

यो गीत दोलखाको पहिचान बोल्ने सांगीतिक दस्तावेज बनेको छ। भिडियोमा कालिञ्चोक, तामाकोशी, बैतेश्वर, जिरी, किराँतीछाप, खावा बजार, राम्बोले मन्दिर र बजेनी जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र समेटिएका छन् ।

साथै जिरी मावि, लिंकन बजार, चेर्दुङ, जिरी विमानस्थल, ठोसे, श्यामा, खरिढुङ्गा र चौँरीगोठका मनमोहक दृश्यले जिल्लाको विविधता झल्काएका छन् । हिमाली सौन्दर्य, स्थानीय भेषभूषा र ग्रामीण जीवनशैली देखाइएको यो भिडियोले पर्यटक आकर्षित गर्ने विश्वास छ।

गीतकार बीबी फुँयालले जिरीको प्रचार हुनसके सम्पूर्ण जिल्लाकै पर्यटन पुनः चलायमान हुने बताए । संगीतका माध्यमबाट दोलखालाई विश्वसामु चिनाउन यो प्रयास गरिएको उनको भनाइ छ।

स्थानीय व्यवस्थापक नवीन सुनुवारले पछिल्लो समय डिजिटल प्लेटफर्म र गीत(संगीत पर्यटन प्रवर्द्धनको बलियो माध्यम बनेको उल्लेख गरे। यो गीतले दोलखाको कला र संस्कृतिलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ। राजधानीपछि यस गीतको औपचारिक स्थानीय लोकार्पण छिट्टै जिरीमा गरिने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्