Logo
Logo

महाधिवेशनका लागि रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी 


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनलाई लक्षित गर्दै केन्द्रीय नेताहरूलाई देशभर खटाउने भएको छ ।वडा, पालिका र जिल्ला भेलारअधिवेशन समन्वय गर्न केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद तथा विभागीय नेताहरूलाई जिल्ला तोकिएको छ । 

The current image has no alternative text. The file name is: rasapa-4.gif

रास्वपाले असार ७ देखि ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ । कार्यतालिका अनुसार तदर्थ समिति नबनेका वडाको भेला जेठ २ गते, वैशाख २० अघि समिति बनेका वडाको अधिवेशन जेठ ३ गते र दोस्रो चरणको वडा अधिवेशन जेठ १६ गते तोकिएको छ । 

पालिका भेला जेठ ९ गते, पालिका अधिवेशन १० र १७ गते, जिल्ला अधिवेशन २३-२४ गते र प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गतेसम्म गर्ने योजना छ ।

पार्टी संरचना नभएका ठाउँमा तदर्थ समिति गठन र अधिवेशन गराउन केन्द्रीय प्रतिनिधिले समन्वय गर्नेछन् । ३० प्रतिशत मात्र अधिवेशन भए पनि माथिल्लो तहको अधिवेशन गर्न सकिने निर्णय गरिएको छ ।  सांसदहरूलाई आफ्नै जिल्ला तोकिएको छ भने मन्त्रीहरूलाई महाधिवेशन काममा लगाइएको छैन ।

कसलाई कहाँ खटाइयो ? हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्