काठमाडौं । तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाए भत्काएको छ ।

आज बिहानदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर समेत लगाएर भत्काएको हो ।
स्थानीय निकायले संरचना भत्काउन सुरु गर्नु भन्दा केही दिन अघि नै यहाँ रहेका पसल र व्यवसायीलाई सूचना तथा चेतावनी दिएको थियो ।














