Logo
Logo

सरकारले १ हप्ताभित्र बाँदर नियन्त्रण नगरे संसद चल्न नदिने एमालेको चेतावनी


252
Shares

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

बिहीबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरुले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भिर नभएको भन्दै बाँदर आतंक नियन्त्रणका लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक चल्न नदिने चेतावनी दिएका हुन् ।

सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भिर बन्नुपर्ने बताए । उनले बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो ? भन्दै प्रश्न समेत गरे ।

सांसद राईले बाँदरको आतंकबाट नागरिकलाई छुटकारा दिन सरकारले जुनसुकै कदम चाल्न पनि पछि पर्न नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्