Logo
Logo

एमालेले विष्णु पौडेलको नेतृत्वमा संविधान संशोधन कार्यदल बनाउने


0
Shares

काठमाडौं । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने भएको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने प्रस्ताव गरेका हुन् ।

कार्यदलमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पालाई सदस्यमा प्रस्ताव गरिएको छ । अब भोलि शुक्रबार बस्ने सचिवालय बैठकले उक्त प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्