
काठमाडौं । नेकपा (एमाले)ले चुनावी हारको प्रतिवेदन तयार गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिने प्रस्ताव गरेको छ ।
सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको प्रस्तावमा निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल गर्ने गर्ने उल्लेख छ । जसमा कार्यदलको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का नाम प्रस्ताव गरिएको छ ।
त्यस्तै, सदस्यहरूमा पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप ज्ञवाली र सबै प्रदेशका इन्चार्जलाई सदस्य प्रस्ताव गरिएको छ । शुक्रबार बस्ने एमालेको केन्द्रीय सचिवालय बैठकले उक्त प्रस्ताव पारित गर्नेछ ।














