Logo
Logo

बाराका रास्वपा सभापति पार्टीबाट निष्काशित


1.6k
Shares

काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी साधारण सदस्यता खारेज भएको छ । केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले पत्र पठाउँदै उनको सदस्यता रद्द गरेको जानकारी दिएका हुन् ।

The current image has no alternative text. The file name is: bara-.jpg

बाराबाट निर्वाचित चार जना सांसदहरूले स्वर्णकारविरुद्ध अनुशासन आयोगमा उजुरी दिएका थिए । उनीमाथि  आर्थिक अनियमितता, पार्टी सङ्गठन परिचालन नगरेको र विपक्षी दलका उम्मेदवारको पक्षमा काम गरेको आरोप छ ।

यी आरोपका आधारमा पार्टीले कारबाही गरेको हो । बारा जिल्ला समिति भङ्ग गरी नयाँ समिति गठन गर्न केन्द्रबाट प्रतिनिधि खटाइसकिएको छ । 

सदस्यता खारेज भएपछि स्वर्णकारले सामाजिक सञ्जालमा ‘मेरो राजनीतिक हत्या भयो’ भन्दै प्रतिक्रिया दिएका छन् । उनले जेठ ९ गते हुन लागेको बाराको विस्तारित बैठक र अधिवेशनको ठीक अगाडि बिना छानबिन कारबाही गरिएको आरोप लगाएका छन् । अधिवेशनमा आफू पुनः जिल्ला सभापति चुनिने डरले सांसदहरूको दबाबमा निष्कासन गरिएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्