Logo
Logo

निर्माण क्षेत्रलाई सरकारले भुक्तानी र मूल्य समायोजनमा राहत दिने


567
Shares

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बैठकमा निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो गरेका थिए ।

The current image has no alternative text. The file name is: samiti-1.jpg

मन्त्री लम्सालले काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्दै भने, ‘व्यवसायीले आफ्नै एक्सन प्लान बनाएर अघि बढ्नुपर्छ ।’ उनले देशको आर्थिक अवस्था र मूल्यवृद्धिको मार सरकारलाई थाहा भएको बताए ।

डिजेलको मूल्यवृद्धिले निर्माण क्षेत्रमा ठूलो असर परेको उल्लेख गर्दै मन्त्रालय ३७ अर्ब घाटामा रहे पनि व्यवसायीका समस्याप्रति गम्भीर रहेको बताए । मन्त्री लम्सालले राष्ट्र बैङ्कको इन्डेक्सअनुसार मूल्य समायोजन गर्ने र आवश्यक परे ऐन संशोधन गरेर म्याद थप तथा राहत दिने प्रतिबद्धता जनाए ।

‘कसैलाई दिने र कसैलाई नदिने विभेद हुँदैन,’ उनले भने । राज्य र निर्माण व्यवसायी साझेदार भएको भन्दै उनले समन्वयमा काम गर्न आग्रह गरे । तर, लापरबाही गर्ने र समयमै काम नसक्नेलाई राज्य निर्मम हुने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्