
काठमाडौं । अर्थविद शंकरमान सिंहको पार्थिव शरीरलाई आज पशुपतिस्थित विद्युतिय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । पाल्पाको तानसेन वसन्तपुरमा जन्मिएका सिंहको जेठ ६ गते बेलुका हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको थियो ।
दृष्टि, साँघु, गोरखापत्र, आर्थिक दैनिक, कारोबार दैनिक र नागरिक दैनिक लगायतका पत्रपत्रिकामा उनको आर्थिक विश्लेणसम्बन्धी लेख प्रकाशित हुन्थ्यो । सिंहले विशेष आर्थिक क्षेत्र सेज र नेप्सेको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने राष्ट्रिय वाणिज्य बैंकको पूर्व संचालक सदस्य थिए ।
यसबाहेक नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र सिएनआईमा उनको योगदान रहेको थियो । उनले सार्क ढाका टु काठमाडौं नामक पुस्तक एपनि लेखेका थिए ।














