
काठमाडौं । मधेस प्रदेश सभा बैठक सुरु भएको छ । आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएपनि ढिलो गरी बैठक सुरु भएको हो ।
आजको बैठकमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने कार्यसूची छ । उनले सहजै विश्वासको मत पाउने देखिएको छ ।
हिजोमात्रै नेकपा एमालेले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।














