Logo
Logo

प्रधानन्यायाधीश शर्मालाई बारको ३९ बुँदे ज्ञापनपत्र


0
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई भेटेर ३९ बुँदे ज्ञापनपत्र बुझाएको छ । बारले शुक्रबार अदालतमा बाह्य हस्तक्षेप रोक्ने, न्यायपालिकाको विश्वास गिर्न नदिने, गोलाप्रथा यथावत् राख्नुपर्ने र पूर्ण स्वचालित प्रणाली लागु गर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको हो ।

बार अध्यक्ष प्राध्यापक डा. विजयप्रसाद मिश्रको नेतृत्वमा पदाधिकारीसहित गएको बार टोलीले प्रधानन्यायाधीश शर्मासँग न्यायपालिकाको विकृति र व्यथिति रोक्न तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ ।

बारले सबै तहका अदालतहरूमा पेसी तोक्ने प्रणालीको कमजोरीले अदालतप्रति वितृष्णा फैलिएको विषय समेत राखेको छ । बारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको दुरी व्यवस्थित भएको स्मरण गराउँदै अनावश्यक हिमचिम अस्वीकार्य रहेको समेत ध्यानाकर्षण गराएको छ ।

सर्वोच्चमा दर्ता हुन आएका निवेदनहरू सोही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपिठ अनिवार्य गर्नुपर्ने पनि बारले प्रष्ट्याएको छ । यस्तै, दरपिठ भएको निवेदनउपर सात दिन दिनभित्रमा सुनुवाइको व्यवस्था गर्न तथा सेवाग्राहीलाई झुलाउने अव्यवस्थाको तत्काल अन्त्य गर्न समेत ३९ बुँदे मागमा बारले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्