Logo
Logo

लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने


0
Shares

लुम्बिनी । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ ।

शुक्रबारदेखि सुरु भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका थिए ।

बैठकमा प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्