Logo
Logo

मुद्दा संशोधन भएपछि रविको प्रतिक्रिया: खुसी लागेको छ


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला अदालत कास्कीले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन गरेपछि उनले खुशी लागेको प्रक्रिया दिएका हुन् ।

‘मैले आदेश पढ्न पाएको त छैन । अदालतकै आदेशमा हामी चल्नु पर्ने हुन्छ’, सभापति लामिछानेले सञ्चारकर्मीसँग भने, ‘म खुशी छु यसमा ।’

लामिछानेले कास्कीबाट निर्णय भए पनि लडाइँ अझै जारी रहेको पनि बताए । अन्य जिल्लाहरूमा आफूविरूका मुद्दाहरू अझै बाँकी रहेका उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्