Logo
Logo

माधव नेपाल रूस प्रस्थान


567
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् ।

The current image has no alternative text. The file name is: madhab-nepal.jpg

रुसी कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन शनिवार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

रुसमा यही जेठ ११ गते हुने सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले रुसी कम्युनिस्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । 

नेपाल र रुसबीचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल हुने जनाइको छ। नेपाल यही जेठ १३ गते स्वदेश फर्कनेछन् ।

नेता नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि उक्त कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्