काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको हो ।

बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची रहेको छ । त्यसअघि बोल्न बाँकी नेताहरूले धारणा राख्ने कार्यसूची छ ।
गत शुक्रवारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आ-आफ्ना धारणा राख्ने क्रम शनिवारसम्म पनि जारी थियो । शुक्रवार र शनिवार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।
हालसम्म धारणा राखेका धेरैजसो नेताहरूले ओलीको आलोचना गर्दै नेतृत्व छाड्न सुझाव दिएका छन् । तर, ओलीले आफू निर्वाचित भएर आएको बताउँदै नेतृत्व नछाड्ने बताएका छन् ।














