Logo
Logo

कांग्रेसले बोलायो नीति प्रतिष्ठानको बैठक, चार प्रस्तावमा छलफल हुने


567
Shares

काठमाडौं । नेपाली कांग्रेसको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को तेस्रो बैठक आगामी जेठ १३ गते आइतबार बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने तय भएको हो ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरेका छन् । बैठकका लागि चार प्रस्तावहरू तय गरिएको सूचनामा उल्लेख छ । बैठकमा प्रतिष्ठानको दोस्रो बैठकबाट चयन भएका विभिन्न उपसमितिका संयोजकहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै, बैठकले आवश्यकताअनुसार थप नयाँ उपसमितिहरू गठन गर्ने र तिनको संयोजकको जिम्मेवारी समेत तय गर्ने, सातै प्रदेशमा सम्पन्न भएका प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमहरूको समीक्षा गर्ने र पार्टीको नीतिगत सुधार र आगामी प्रशिक्षण रणनीतिबारे अन्य विविध विषयमा पनि छलफल हुने दुलालद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्