Logo
Logo

कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई अदालत उपस्थित हुन आदेश


441
Shares

काठमाडौं । ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङका नामलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

अदालतले सोबार सूचना जारी गर्दै ज्योती गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन भनेको हो । गुरुङमाथि ललितपुरको मितेरी सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।

ललितपुर जिल्ला अदालतले २१ दिनभित्र सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न सूचनामार्फत भनेको छ । अदालतले जारी गरेको सूचनामा गुरुङको तीनपुस्ते विवरण उल्लेख छ । जसमा उनका पति धनराज गुरुङ नै लेखिएको छ ।

यदि तोकिएको म्यादभित्र उपस्थित नभइ म्याद गुजारी बसे कानुनबमोजिम मुद्दा लाग्ने र पछि कुनै उजुर नलाग्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्