Logo
Logo

काठमाडौंका ८ पालिकामा रास्वपाको अधिवेशन सम्पन्न, को-को चुनिए सभापति ?


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ११ पालिकामध्ये ८ वटाको अधिवेशन सम्पन्न गरेको छ ।

कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाको अधिवेशन गरेर रास्वपाले नयाँ नेतृत्व चयन गरेको हो ।

पालिका अधिवेशनबाट सभापतिमा चयन हुनेहरूमा चन्द्रागिरीमा जनार्दन केसी, नार्गाजुनमा राजन कोइराला, तारकेश्वरमा विनोद चापागाईं, टोखामा सूर्यप्रसाद काफ्ले, बूढानीलकण्ठमा चिरञ्जीवी पाण्डे, गोकर्णेश्वरमा भागवत सापकोटा, कागेश्वरी मनोहरा राजकुमार न्यौपाने र दक्षिणकालीमा उमेश आचार्य छन् ।

अधिवेशन सकिएका दुई पालिकामा सर्वसम्मत् नेतृत्व चयन भएको थियो भने अन्य छ वटामा निर्वाचन भएको रास्वपा काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले जानकारी दिए । विष्टका अनुसार टोखा र तारकेश्वर सर्वसम्मत नेतृत्व चयन भएको छ ।

अधिवेशन हुन बाँकी रहेकाहरूमा काठमाडौँ महानगरपालिकासहित शंखरापुर र किर्तीपुर नगरपालिका छन् । काठमाडौं महानगरको अधिवेशन जेठ १८ गते तोकिएको छ भने शंखरापुरको जेठ १३ र कीर्तिपुरको जेठ १४ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्