Logo
Logo

सेती नदिमा हाम फालेर बेपत्ता भएका व्यक्तिको शव फेला


378
Shares

काठमाडौं । सशस्त्र प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदिको खोचबाट एक जनाको शव निकालेको छ ।

भारत घर भई सोही महानगरपालिका–१७ घारिपाटन बस्ने अन्दाजी ३४ वर्षिय मुकेश महतो आइतबार बेलुका सेती नदिमा हाम फाली बेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको टोलीले खोजी गर्दा फेला नपारेपछि पुनः आज बिहान सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको टोली खटिएको थियो ।

सो टोलीले उनको शव रोप रेस्क्युद्धारा अन्दाजी २ सय ५० फिट तल सेतीको खोचबाट बाहिर निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्