Logo
Logo

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण तय


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन् । उनको भ्रमण जेठ २० गतेसम्म रहने बताइएको छ ।

The current image has no alternative text. The file name is: rabi-lamichhane.jpg

रास्वपाका एक पदाधिकारीका अनुसार भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । परराष्ट्र मन्त्रालय स्रोतले पनि भ्रमणको तालिका तय भइसकेको जनाएको छ ।

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा ठूलो बहुमत हासिल गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतमा लामिछानेको यो पहिलो विदेश भ्रमण हुनेछ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका थिए । तर प्रधानमन्त्री शाहको भ्रमण तय नभइसकेकै बेला लामिछानेको भारत भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्