
काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन् ।
उनले भने, ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने ।’ बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिए ।














