Logo
Logo

बालेन र रविको विदेश भ्रमणबारे के भन्छन् सरकारका प्रवक्ता ?


252
Shares

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले हाल कुनैपनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो प्राथमितकता कार्यसम्पादनमा केन्द्रित हुनु रहेको भन्दै सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनैपनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पारे ।

प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र रास्वपाका सभापतिको विदेश भ्रमणलाई जोडेर गरिएको चर्चाका सन्दर्भमा स्पष्ट पार्दै मन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । हामी अहिले सरकारको सुरुवाती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ। सभापतिज्यूको भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।’

बजेट निर्माणको तयारीका विषयमा जानकारी दिँदै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेटको कामलाई तिब्रता दिएको बताए ।उनकाअनुसार अधिकांश मन्त्रालयहरूले आ–आफ्नो योजना र कार्यक्रमहरू प्रस्तुत गरिसकेका छन् र बजेट निर्माण प्रक्रिया व्यवस्थित ढङ्गले अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्