Logo
Logo

सरकारलाई सांसद खनालको प्रश्नः कानूनका विद्यार्थीले कहाँ गएर इन्टर्नसिप दिने ?


441
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले कानूनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था मिलाउने गरी कानूनी प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् ।

सोमवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानूनका विद्यार्थीलाई इन्टर्नसिपका लागि ठूलो समस्या भएको उल्लेख गर्दै सो समस्या समाधान हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

सांसद खनालले सरकारी निकायसँग जोडेर सरकारले उनीहरुलाई इन्टर्नसिपलाई व्यवस्थित बनाउन सक्ने धारणा समेत राखे । उनले कानूनका विद्यार्थीले ल फर्ममा गएर इन्टर्नसिप दिँदा पारिश्रमिक र सम्मान दुवै नपाउने कठिनाई भएकाले पनि उनीहरुका लागि सो को उचित व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने जिकिर गरे । सांसद खनालले कानूनी क्षेत्रको अनुसन्धानका लागि सरकारले विशेष कोषको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए ।

उनले भने, ‘हामी कहाँ कानूनका विद्यार्थीहरुले इन्टर्नसिपका लागि कहाँ जाने, के गर्ने ? भन्नेमा निकै समस्या छ । कुनै ल फर्ममा गएर काम गरौ भने त्यहाँ मेहनत अनुसार पारिश्रमिक हुँदैन । सम्मान पनि हुँदैन । हामीसँग सिंहदरवार भित्रै धेरै मन्त्रालयहरु छन । धेरै विभागहरु छन । हरेक कानूनका विद्यार्थीहरुलाई हामीले सरकारी निकायसँग जोडन सक्छौ । यसो गर्न सकियो भने उनीहरुलाई इन्टर्नसिपका लागि समस्या पर्छ जस्तो मलाई लाग्दैन । यसमा मन्त्रालयले ध्यान दिए कानूनका विद्यार्थीहरुलाई राहत हुने थियो । यस क्षेत्रको अनुसन्धानमा पनि कानून मन्त्रालय फण्डको व्यवस्था गरिदिए हुने थियो ।’

सांसद खनालले कानूनका जनशक्तिको आवश्यकताअनुसार मात्रै कलेजहरु संचालन गर्नका लागि अनुमति दिन पनि सरकारलाई सचेत गराए । उनले अधिवक्ताको लाईसेन्स दिनका लागि तय गरिएको परीक्षा प्रणालीमा सुधार गर्न पनि आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्