१. गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सम्बोधन गरिदिन पत्राचार, राष्ट्रपति कार्यालयद्वारा सरकारको निर्णय स्वीकार ।
२. आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार र मन्त्रालयगत सिलिङ घटाउने तयारी, उत्पादनमूलक तथा विकास निर्माणको जिम्मा पाएका मन्त्रालयहरूको बजेट घटेर आउने ।
३. ईयूको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालमा, उच्चस्तरीय भ्रमणमा आएका नेपालका लागि युरोपेली संघ ईयूको प्रतिनिधिमण्डलले मङ्गलवार प्रधानमन्त्री बालेनलाई भेट्ने ।
४. नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयूका प्रतिनिधिसँग परराष्ट्रमन्त्री शिशिर खनालको आग्रह, हवाई सुरक्षाको क्षेत्रमा सुधार भइरहेको दाबी ।
५. संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन सरकार पूर्ण प्रतिबद्ध रहेको ककानूनमन्त्री सोबिता गौतमको भनाइ, सबै दलसँग बसेर टीआरसीकोे विषय अगाडि बढाउने र निष्कर्षमा पुर्याइने उल्लेख ।
६.बालेन सरकारलाई अदालतको एकपछि अर्को झट्का, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश ।
७. प्रधानमन्त्री बालेनको वैदेशिक भ्रमणहरू उपयुक्त समयमा हुने सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाइ, वर्तमान सरकार आन्तरिक काममा केन्द्रित भएको भनाइ ।
८. नेपाल–चीन जोड्ने ‘चिलिमे–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन’ आयोजनाको कार्यान्वयनका लागि चीनलाई पठाउने प्रतिउत्तर पत्र तयार, विद्युत् व्यापार र प्रसारण लाइन विस्तारको बाटो थप सहज बनाउने अपेक्षा ।
९. महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौटमा आवश्यक प्रमाण जुटाउन कठिन भएको उद्योग मन्त्रालयको भनाइ, कानूनी अस्पष्टताका कारण पनि बेरुजु रकम वृद्धि भएको उल्लेख ।
१०. नागरिकका लागि होल्डिङ सेन्टर अन्तिम ठेगाना बन्न नहुने एमाले सांसद सुहाङ नेम्वाङको भनाइ, राज्यको दायित्व केही समय आश्रय दिनु मात्र नभएको जिकिर ।
११. सरकारले ताक्यो आगामी आर्थिक वर्ष ८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य, मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ मूल्य निर्धारण ।
१२. मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर, विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दावी ।
१३. सदस्यता अद्यावधिकलाई सहज बनाउन कांग्रेसले सातै प्रदेशमा खटायो प्रतिनिधि, केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकियो ।
१४. बजेटअघि माग सम्बोधन नभए पुनः आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी, सरकारले वार्ता समेत नगरेपछि आन्दोलनमा जानुको विकल्प नरहेको भनाइ ।
१५. सरकारी कागजात घरमै पु¥याउने सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार, हुलाक सेवा विभागले नागरिकको पहुँच बढाउने र झन्झट कम गर्ने उद्देश्यले सेवालाई डिजिटल माध्यमसँग जोड्दै ।
१६. कर्तव्यनिष्ठ र इमानदार स्वास्थ्य जनशक्ति उत्पादन गर्न प्रधानसेनापति सिग्देलको आग्रह, सेना स्वास्थ्य विज्ञान संस्थानलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सुझाव ।
१७. हवाई इन्धनको मूल्यवृद्धि र भाडा महँगिएका कारण अप्रिलमा आन्तरिक उडानका यात्रु सङ्ख्या घट्यो, मौसमका कारण अन्तर्राष्ट्रिय उडानतर्फ भने यात्रु सङ्ख्या उल्लेख्य वृद्धि ।
१८. बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र, सुरुङको ६८ भौतिक प्रगति ।
१९. बेलायतमा २४औँ गोर्खा कप सम्पन्न, फाइनलमा राङभाङ समाजले गुरुजी इलिट एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै हात पा¥यो उपाधि ।
२०. र, दलाई लामाको उत्तराधिकारी मामिलाबाट टाढै बस्न भारतलाई चीनको चेतावनी, दलाई लामाको पुनर्जन्म तथा उत्तराधिकारी तय गर्ने चीनको आन्तरिक मामिला भएको भनाइ ।














