Logo
Logo

तीन मौसमी प्रणालीको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना


756
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: rain.jpg

हाल गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी बागमती र गण्डकी  प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई  भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भू-भागका  एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी,  बागमती र गण्डकी प्रदेशका तराई  भू–भागका थोरै स्थानहरूमा  हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै आज राती  कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी र  मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

प्रतिक्रिया दिनुहोस्