Logo
Logo

संसद्‍मा एमालेको गर्जन- बालेनलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्ने हो ?


567
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन शाह खोपीको देउता बन्न खोजेको आरोप लगाएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको बताए ।

‘उहाँ (प्रधानमन्त्री शाह) खोपीका देउता बन्दै हुनुहुन्छ,’ उनले भने, ‘म सरकार र सत्ता पक्षलाई सोध्न चाहन्छु, के उहाँलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्ने हो ?’

उनले लोकतन्त्र र संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको पनि आरोप लगाए । ‘प्रधानमन्त्री संविधान र प्रतिनिधिसभा नियमावलीको कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ, उहाँ नआई यो सभा अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘सदनप्रति उत्तरदायी, जनमतको सम्मान गर्न प्रधानमन्त्री उपस्थिति हुनुपर्छ भन्ने हाम्रो माग हो।’

यस्तै उनले यस विषयमा प्रधानमन्त्री र सरकारलाई रुलिङ गर्न पनि सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गरे । प्रधानमन्त्री बालेनले संसुदमा आएर जनताका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै विपक्षीहरुले केहि दिनदेखि निरन्तर संसद अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्