
काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले ‘विपक्षी दलहरुले संसदमा तमासा देखाए’ भन्ने अभिव्यक्तिमाथि नियमापत्ति भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले उक्त अभिव्यक्तिमाथि नियमापत्ति गरेका हुन् ।
‘जगदीश खरेलज्यूले प्रतिपक्षको विरोधलाई जे शब्दले इंगित गर्नुभएको छ, तमासा देखाएको भन्ने । त्यो शब्द अपमानजनक छ, असंसदीय छ, संसदीय रेकर्डबाट हटाइयोस्’ सांसद मल्लले भने ।
विपक्षीको विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक अगाडि बढाएका थिए । विरोधकाबीच सभामा पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल अगाडि बढाएका थिए ।
उक्त विधेयकमाथि बोल्न रोष्ट्रम पुगेका सांसद खरेलले विपक्षी दलका सांसदहरूको विरोधलाई ‘तमासा’को संज्ञा दिएका थिए । यसप्रति नेकपाका सांसद मल्लले नियमापत्ति गरेका हुन् ।














