काठमाडौं । प्रधानमन्त्री बालेन शाह सम्भवतः एक हप्ताभित्रै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन् । मङ्गलवारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सो कुराको जानकारी दिएका हुन्।

पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यस क्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा भएको स्मरण गर्दै उनले संसद्लाई जानकारी गराएका हुन् ।
“प्रधानमन्त्रीको सचिवालयसँग पनि मैले कुरा गरेँ,” महामन्त्री बुर्लाकोटीले भने, “प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ। सम्भवतः एक हप्ताभित्रै उहाँ सदनमा उपस्थित हुने जानकारी गराउँदछु।”














