Logo
Logo

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै


189
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे बस्ने भएको हो ।

बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणालीलगायतका विविध पक्षहरुमा छलफल गर्ने कार्यसूची रहेको छ ।

समितिले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग ति विषयमा विस्तृत छलफल हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्