काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेतले जेनजी आन्दोलनमा भएका घटनाको विषयमा आफूबाट नै अनुसन्धानको सुरुआत गर्न आग्रह गरेका छन् । ‘जेनजी’ आन्दोलनमा भएको मानवअधिकार उल्लंघनका घटना छानबिन गरी तयार पारेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा आफ्नो नाम पनि आएपछि यस्तो बताएका हुन् ।

आयोगले बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । उनीहरूले प्रदर्शन भड्काउन बल पुर्याएको देखिएको आयोगले जनाएको छ । आफ्नो नाम पनि अनुसन्धानका लागि सिफारिस भएपछि सामाजिक सञ्जालमा दूधको दूध पानीको पानी छुट्याउन अनुरोध गरेका हुन् ।
“मानवअधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ । कृपया अनुसन्धानको सुरुआत चाहिँ मैबाट गरिदिनुहोला । दूधको दूध पानीको पानी छुट्याउनु पर्यो,” निश्चलले सामाजिक सञ्जालमा लेखेका छन् ।














