काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । संसद्मा बजेट प्रस्तुत हुने अघिल्लो दिन आज बिहीबार काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको हो । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसद्मा प्रस्तुत हुँदै ।














