काठमाडौं । ट्रेड युनियन अधिकारको रक्षा गर्दै श्रमिकमैत्री बजेट ल्याउन मागसहित नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्याली निकालेको छ ।

र्यालीमा सहभागीले सरकारले ट्रेड युनियनलाई खारेज गर्न लागेको भन्दै उनीहरूले श्रमिकहरूको हकहित संरक्षण गर्नुपर्ने, सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउनुपर्ने र न्यूनतम ज्यालालाई यथार्थपरक बनाउनुपर्ने माग गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसका नेताहरूले श्रमिक वर्गलाई कमजोर पार्ने कुनै पनि नीति सरकारले ल्याउन नहुने चेतावनी दिएका छन्।
बजेट निर्माणको अन्तिम चरणमा रहेको बेला यो र्याली निकालिएको हो । सहभागीहरूले ‘ट्रेड युनियन खारेजीको प्रयास बन्द गर’, ‘श्रमिकमैत्री बजेट ल्याऊ’ ‘उपदानमा लगाएको कर खारेज गर’ जस्ता नारा लगाएका थिए ।














