Logo
Logo

नयाँ संसद् भवनको हलबाट बजेट भाषण नहुने


756
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ संसद् भवनबाट भाषण गराउने तयारी गरेको भए पनि नयाँ भवनबाट नहुने भएको छ । आवश्यक प्राविधिक तयारी पूरा हुन नसकेपछि बजेट भाषण पुरानै अस्थायी हलबाट हुने भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले जानकारी दिए ।

The current image has no alternative text. The file name is: naya-bhawan.jpg

नयाँ हल सञ्चालनका लागि आवश्यक प्राविधिक काम अझै सम्पन्न नभएकाले पुरानै हलबाट बजेट भाषण हुने भएको हो । त्यसैले संयुक्त सदनको बैठक नयाँ भवनमा सार्ने योजना तत्कालका लागि सम्भव नभएको गरिले बताएका छन् ।

काम अन्तिम चरणमा पुगे पनि आवश्यक सबै प्राविधिक तयारी पूरा र एक/दुई दिन अघि नै सबै कुराको परीक्षण गर्न पर्ने भएकाले नयाँ हलबाट बजेट भाषण हुने सम्भावना नरहेको गिरिले बताएका हुन् ।

यससँगै प्रतिनिधिसभाको बैठक चलिरहेको अस्थायी व्यवस्थापनमै बजेट प्रस्तुत गरिने तयारी गरिएको छ । सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न हुन नसक्दा संसद्का नियमित गतिविधि अझै कामचलाउ संरचनाबाट सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्